आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजथाङपालकोटमा बर्थिङ सेन्टर

थाङपालकोटमा बर्थिङ सेन्टर


मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ स्थित थाङपालकोटमा प्रसुति केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष टासी लामाले थाङपालकोट स्वास्थ्य चौकी नवनिर्मित प्रसुति केन्द्रको भवन उद्घाटन गरे ।
एलिसन कोरनेलको आर्थिक सहयोग तथा केयर नेपालद्वारा टुकी संघ सुनकोशीको साझेदारीमा भवन निर्माण भएको हो ।
यी संस्थाद्वारा सञ्चालित दुर्गम समुदायमा मातृ स्वास्थ्य सेवाको पहुँचमा वृद्धि परियोजना अन्तर्गत यो गाउँमा प्रसुति केन्द्रको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले केन्द्र सञ्चालनले स्वास्थ्य सेवामा गाउँवासीको पहुँच बढेको बताए ।
पाँचपोखरी थाङपाल गाउँपालिका को ८वटै वडाहरूमा प्रसुती केन्द्र सञ्चालन भएका छन् भने विभिन्न स्थानहरूमा स्वास्थ्य इकाई स्थापना भएका छन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!