आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजविद्यार्थीलाई शैक्षिक सामग्री र पाेशाक

विद्यार्थीलाई शैक्षिक सामग्री र पाेशाक


नवलपुर । ईन्द्रावती गाउँपालिका-८स्थित पञ्चकन्या आधारभूत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र पाेशाक वितरण गरिएकाे छ ।
इन्द्रावती इसाई एकता समाज र समग्र विकास केन्द्रको समन्वयमा एक सय पाँच विद्यार्थीलाई सामाग्री वितरण गरिएकाे हाे ।
विद्यालयको प्राङ्गणमा इन्द्रावती इसाई एकता समाज का अध्यक्ष भिम तामाङ र समग्र बिकास केन्द्र का प्रमुख डा.कुमार आर्यल र विद्यालय व्यबस्थापन का अध्यक्ष श्रम तामाङ को उपस्थितीमा विद्यार्थीहरुलाई झोला,ड्रेस,जुत्ता,मोजा,कपि र कलम प्रदान गरिएकाे थियाे ।
विद्यार्थी हरुको शैक्षिक स्थितिमा सुधार ल्याउन र शैक्षिक मनोबल अभिवृद्धि गर्ने उदेश्य ले शैक्षिक सामग्री सहयोग गरेको समाज का अध्यक्ष तामाङले बताए।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!