आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजअपराधीलाई तत्काल कानुनको दायरामा ल्याउन संगठनको अपिल

अपराधीलाई तत्काल कानुनको दायरामा ल्याउन संगठनको अपिल


रसुवा 

रसुवाको टिमुरेमा यातायात मजदुर पदमबहादुर गुभाजुमाथि स्थानिय बुनिमा तामाङ सहितको समुहले सांघातिक आक्रमण गररेका छन् । आक्रमण गर्नेमध्येका मुख्य बुनिमा तामाङ गोसाईकुण्ड गाउँपालिका वडानम्बर २ का अध्यक्ष धावाढुण्डुप तामाङको नातेदार रहेको बुझिएको छ ।

शक्तिको आडमा यस अघि पनि उनले पटक पटक गुण्डागर्दी गर्ने गरेको बुझिएको छ । आक्रमणमा संलग्न मध्ये एक जनालाई गिरप्तार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसपी देवेन्द्र पाण्डेले जानकारी दिएका छन् । उनले भने म्याद थप गरिसकिएको छ अन्यको खोजी भईरहेको छ ।

आक्रमणकारी सबैलाई तत्काल गिरफ्तार गरि कारवाही नगरिए त्यस रुटमा चल्ने सम्पूर्ण ट्रक कन्टेनरहरु बन्द गर्न आफुहरु बाध्य हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक ईकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताएका छन् । अपराधीहरुलाई तत्काल कानुनको दायरामा ल्याउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अपिल गरेको छ । पुरा समाचार विवरण ११ अशोज २०७८ काठमाण्डौँ । रसुवा जिल्लाको टिमुरे स्थित एक होटलमा अशोज १० गते आईतबार साँझ यातायात मजदुर पदमबहादुर गुभाजुमाथि स्थानिय बुनिमा तामाङ सहितको समुहले सांघातिक आक्रमण गररेका छन् ।

रसुवास्थित नेपाल – चिन सिमा टिमुरेबाट सामान ओसारपसार गर्ने कन्टेनर ट्रकका चालक गुभाजुलाई टिमुरेका स्थानिय बुनिमा तामाङ सहितका युवाहरुले निर्घात कुटपिट गरेका हुन् । आक्रमणबाट गुभाजुको दाहिने खुट्टाको बुढी औला, दाहिने हातको कान्छी औँला भाचिएको छ । त्यस्तै टाउकोका गम्भिर चोट लागको छ । हाल घाईतेको उपचार काठमाण्डौँ स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ । उनलाई टिमुरेको स्वास्थ्य चौकीमा उपचार गरिए पनि सम्भव नभएपछि काठमाण्डौँ रिफर गरिएको थियो । साँझ पौने आठ बजे खाना खान होटलमा बसिरहेको अवस्थामा मादक पदार्थ सेवन गरी होटलमा आएका करिव ९ जनाको युवा समुहले होटल सञ्चालकसंग वादविवाद गरेपछि सम्झाउने क्रममा ति युवाहरुले आफुमाथि अन्धधुन्ध आक्रमण गरेको घाईते पदमबहादुर गुभाजुले बताए ।

आक्रमण गर्नेमध्येका मुख्य बुनिमा तामाङ गोसाईकुण्ड गाउँपालिका वडानम्बर २ का अध्यक्ष धावाढुण्डुप तामाङको नातेदार रहेको र यस अघि पनि पटक पटक गुण्डागर्दी कार्यमा संलग्न रहेको स्थानिय शरण घलेले बताए । आक्रमणमा संलग्न मध्ये एक जनालाई गिरप्तार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसपी देवेन्द्र पाण्डेले जानकारी दिए । उनले भने म्याद थप गरिसकिएको छ अन्यको खोजी भईरहेको छ ।

त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक ईकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले मजदुरमाथिको कुटपिट तथा आक्रमण आफुहरुका लागि सह्य नहुने बताउदै आक्रमणकारी सबैलाई तत्काल गिरफ्तार गरि कारवाही नगरिए त्यस रुटमा चल्ने सम्पूर्ण ट्रक कन्टेनरहरु बन्द गर्न आफुहरु बाध्य हुने बताए । श्रेष्ठले भने यस अघिपनि यातायात मजदुरहरुमाथि त्यस्ता आक्रमण भईरहेकाले मजदुरहरुले सुरक्षित रुपमा काम गर्ने वातावरण वनाउन समेत सरकारसंग आग्रह गरेका छन् । अहिले हाम्रा घाईते मजदुरहरुको उपचारमा लागिरहेकाछौँ, अवस्था सामान्य भएपछि लिखित जाहेरी दिन्छौँ त्यसपछि पनि हामीले न्याय पाएनौँ भने आन्दोलन गछौं अध्यक्ष श्रेष्ठले बताए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!