शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाजकाभ्रे कांग्रेस: कुन पालिकामा काे भए सभापति

काभ्रे कांग्रेस: कुन पालिकामा काे भए सभापति


बनेपा ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा काभ्रेका गाउँ/ नगर सभापति निर्वाचित भएका छन् । महाभारत गाउँपालिकामा अधिवेशन स्थगित हुँदा बाँकी १२ स्थानीय तहमा कांग्रेसले सभापति पाएकाे हाे ।
पाँचखाल नगरपालिकामा सन्जय तामाङ, रोशी गाउँपालिकामा दुधराज तामाङ, नमोबुद्द नगरपालिकामा कुन्साङ लामा, मन्डनदेउपुर नगरपालिकामा कश्यप पौडेल, बनेपा नगरपालिकामा महेश कर्माचार्य, पनौती नगरपालिकामा रामशरण भण्डारी भए ।
त्यस्तै तेमाल गाउँपालिकामा ग्यान बहादुर लामा, धुलिखेल नगरपालिकामा बिदुर बस्नेत, खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्बा, बेथान्चोक गाउँपालिकामा प्रेम बहादुर तिमल्सिना, चौरी देउराली गाउँपालिकामा शेर बहादुर तामाङ, भुम्लु गाउँपालिकामा दावा लामा सभापतिमा निर्वाचित भएका छन ।

 


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!