आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजआठ सय परिवारलाई सचेतनासहित स्वास्थ्य सामग्री

आठ सय परिवारलाई सचेतनासहित स्वास्थ्य सामग्री


जलवीरे । जलवीरे युवा क्लबले करिब आठ सय परिवारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । विजया दशमी तथा दिपावलीको शुभकामनासहित कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
क्लबले चाडबाड मनाऔं–सचेतना अपनाऔं भन्ने मूल नाराका साथ सामग्री वितरण गरेको हो । क्लबका आध्यक्ष रमेश श्रेष्ठको नेतृत्वमा जुगल गाउँपालिका–९ ढाँडेदेखि जलवीरे बजारसम्मको क्षेत्रमा सामग्री वितरण गरेको थियो ।
सामग्री वितरण तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत मास्क, सेनिटाइजर, साबुनलगायत स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘नजिकिँदो चाडपर्वमा स्वास्थ्य मापदण्ड अपनाई कोरोनाबाट सुरक्षित रहन आग्रह गर्दै सामग्री वितरण गरेका हौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘विश्वव्यापी रुपमा फैलिरहेको कोभिड नियन्त्रणका लागि हाम्रो पहल हो ।’
समाज विकासका लागि विभिन्न कामहरु गरिरहेको क्लबले विभिन्न राजनीतिक दल, प्रहरी प्रशासन, समाजसेवीको उपस्थितिमा सामग्री वितरण गरेको थियो । गाउँ समाजमा कोरोना महामारीलाई सामान्य रुपमा लिइरहेकाले चेतना अभिवृद्धिका लागि कार्यक्रम गरिएको क्लबका सल्लाहकार समितिका सदस्य दिपक थापाले जानकारी दिए । उनले चाडपर्व लक्षित गरि सचेतनाका साथै कोरोना न्यूनीकरणका लागि आवश्यक परेमा थप सामग्री वितरण गरिनेसमेत जनाए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!