शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाजअसोज २९ गते दसैंको टीका, विहान १० : 0२ बजे साइत

असोज २९ गते दसैंको टीका, विहान १० : 0२ बजे साइत


काठमाण्डौं । यो वर्ष विजया दशमीमा टीका लगाउने साइत विहान १० बजेर २ मिनेटमा उत्तम हुने छ । नेपाल पञ्चाङ निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेसँगै टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको हो।

असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्नेछ ।
असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।
असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!