आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजगुम्बामा खुकुरी प्रहार, एक घाइते

गुम्बामा खुकुरी प्रहार, एक घाइते


गुम्बा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बामा खुकुरी प्रहारबाट एक घाइते भएका छन् । गुम्बाको बोल्देमा आपसी कलह हुँदा एक व्यक्तिले स्थानीय पासालाल तामाङ माथि खुकुरी प्रहार गरेका हुन् ।
प्रहरी भर्खरै घटनास्थल पुगेको छ । घाइते गम्भीर अवस्थामा रहेको प्रहरीको भनाई छ । सञ्चार सम्पर्क हुन नसक्दा थप विवरण आउन सकेको छैन । घटना के कारणले भएको हो भन्ने अझै खुलेको छैन ।
स्थानीयका अनुसार पासलाललाई स्थानीय आयुष भन्नेले खुकुरी प्रहार गरेका हुन् । ‘हामी पनि कारण के हो भन्नेबारे अनविज्ञा छौं,’ स्थानीय भन्छन्, ‘अरुबाट परि।चालित पनि हुन सक्छ, यो पछि खुल्ने कुरा हो ।’ उनले राजनीति इस्यू भने नभएको हुनसक्ने अनुमान गरे ।
यहाँ नेपाली कांग्रेसको वडा अधिवेशन हन सकेको छैन । विविध विवादका कारण अधिवेशन हुन नसकेको हो । यही अधिवेशनलाई लिएर झगडा हुँदा खुकुरी प्रहर भएको हुनसक्ने अनुमान गरिएको छ । ‘खुकुरी हान्ने आयुष कांग्रेस समर्थक होइन,’ बोल्देका एक स्थानीयले भने, ‘यदि कतैबाट परिचालित नभएको भए राजनीतिसँग यो घटना जोडिदैन ।’


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!