आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजबाढीको भंगालोले पुरिएको मेलम्चीः विस्तारै पुरानो लयमा फर्किदै

बाढीको भंगालोले पुरिएको मेलम्चीः विस्तारै पुरानो लयमा फर्किदै


सिन्धुपाल्चोक । गएको असार एक गते र त्यसपछि पटक पटक आएको बाढीले क्षेत विक्षत बनेको जिल्लाको मेलम्ची बजार विस्तारै पुरानो लयमा फर्किन थालेको छ ।

मनसुर कमजोर भएको र मेलम्ची नदिमा पानीको वहाव कम भएकाले पनि स्थानीयहरु पुरानै थात थलोमा फर्किने प्रयत्नमा जुटेका हुन् । बाढीले बगर बनाएको ठाउंमा तत्काल संरचना बन्ने अवस्था नभएपनि गत असारको बाढीले तहसनहस बनाएको बजार क्षेत्र भने सफा र मर्मत सम्भार गरेर व्यापार व्यवसाय सुरु गरिएको छ ।

मेलम्ची खोलामा आएको अकल्पनीय बाढीले ठूलो जनधनको क्षति गरेपछि सर्वस्व गुमाएकाहरु भने त्यस क्षेत्रबाट विस्थापीत नै भएका छन् । गांस बास र कपास गुमाएका पीडितको अवस्था भने अहिले पनि दयनिय नै छ । बाढी र डुवानको आंशीक प्रभावमा परेका प्रभावितहरू बिस्तारै लयमा फर्किने प्रयत्न गरिरहेको मेलम्चीका व्यवसायी सागर श्रेष्ठले बताए ।

मेलम्चीको बाढीमा करोडौंको क्षेती व्यहोरेका श्रेष्ठका अनुसार, पीडितहरू बाढीले पुरेको घरबाट लेदो निकालेर फेरि त्यहीँ बस्न थालेका छन् । जायजेथा सबै गुमाएकाहरु भने अहिले पनि राहतको पर्खाइमा छन् ।

बाढीले हेलम्बु गाउँपालिकामा मात्रै ८० प्रतिशत क्षति गरेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । शेर्पाले यो हिउंदयाममा सरकारले सडक तथा पुल लगाएतका अति आवाश्यक संरचना तत्कालै निमार्ण गरिदिएमा जनजीवन पहिले कै अवस्थामा फर्किन समय लाग्ने छैन ।

किनकी अस्तव्यस्त हेलम्बु क्षेत्रमा दिर्घकालीन रुपमा विद्युत, सडक सञ्जाल सुचारु गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौती हो । अस्थायी संरचनाको भरमा अहिले स्थानीयले बिस्तारै जीवन सामान्य अवस्थामा फर्काउने प्रयत्न गरिरहेको र स्थानीय सरकारले सक्दो भरथेग गरेको शेर्पाले बताए ।


यस्तै मेलम्ची नगरपालीकाका मेयर डम्बर अर्यालले पनि बाढी तथा पहिरो पीडितको व्यवस्थापनका लागि नगरपालिकाले निरन्तर स्थानीय संग हातेमालो गरिरहेको बताए । मेलम्ची खोलामा आएको बाढीले अर्बौंको क्षति पुगेको र बेपत्ता २० जनाको परिवारलाई समेत स्थानीइ सरकारले सहयोग गरिरहेको अर्यालको भनाई छ ।

स्थानीय सरकारले पहिलो चरणमा पिउने पानीको मुहान सुचारु गर्ने, स्वास्थ्य संस्थालाई पहिले कै अवस्थामा फर्काउने, वालबालीकाको शैक्षीक क्यालेन्डर बिग्रन नदिने र महिला तथा जेष्ठ नागरिकको समस्यालाई प्राथमीकतामा राखेर निरन्तर काम गरिरहेको मेयर अर्यालले बताए ।

असार १ र साउन १५ गते आएको बाढी पहिरोका कारण यो क्षेत्रको किउल, शेर्माथाङ, तिम्बु, सर्कथली, अम्बाथान, चनौटे, मेलम्ची, पाल्चोक, ग्याल्थुम, तालामाराङ, सिपाघाटलगायत क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ ।

यी क्षेत्रमा वैकल्पिक तथा दिर्घकालीन पूर्वाधार विकासको काम सुरु भईसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा र मेलम्चीका मेयर अर्यालले दावी गरेका छन् ।

अध्यक्ष शेर्पाका अनुसार, यो क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाले हेलम्बु गाउँपालिकासँग समन्वय गरेर वैकल्पिक बाटो खन्ने काम थाली सकेको छ । मेलम्ची नगरपालीकाले पनि आयोजना कार्यालयसंग समन्वय गरेर खानेपानी, सडक पुल, विद्युत्, शौचालय व्यवस्थापनको काम सुरु गरिएको जनाएको छ ।

मेलम्चीका होटल व्यवसायी सागर श्रेष्ठले स्थानीय किसानले विस्तारै बजार क्षेत्रमा स्थानीय उत्पादन दूध, तरकारी, मासु ल्याउन थालेको र बजारमा आर्थिक गतिविधि चलायमान बन्न थालेको स्विकारेका छन् ।

श्रेष्ठले बजारमा चहलपहल सुरुभएपछि ६ तलाको सुविधासम्पन्न भवनको रुफटप चिटिक्क पारेका छन् र अन्डरग्राउन्ड रेस्टुरेन्ट क्षेत्र सफाई गरेका छन् । पाँच हजार जना क्षमताको हल, ३५ वटा सुविधासम्पन्न कोठा, पर्याप्त पार्किङ, स्विमिङ पुललाई गुरु योजना अनुसार नै सञ्चालन गर्न सकिन्छ भन्ने आत्मवल बढेको श्रेष्ठले बताए ।

तर यसको दिर्घकालीन सञ्चालन र सुरक्षाका लागि होटल नजिकै आईपुगेको इन्द्रावती नदीको धार परिवर्तन र कटान नियन्त्रणका लागि सरकारले ठूलो लगानी गर्नुपर्ने अवस्था छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!