शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाजगुल्मीमा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु


असोज ६ । गुल्मीमा गए राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर ८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको बताए । तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!