आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजघोप्टेभिरमा पहिरो: सयौं सवारी साधन अलपत्र

घोप्टेभिरमा पहिरो: सयौं सवारी साधन अलपत्र


चितवन । पहिरोका कारण आज विहानैबाट पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको ईच्छा कामनामा गाउँपालिका वडा नम्बर ४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

राती ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले आज विहान जानकारी दिएको हो ।। विहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

राति बाटै राजमार्गमा सयौं सवारी साधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!