आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजसंखुवासभामा ५ जना मिलेर ६ जनाको हत्याः थप चार अभियुक्त सार्वजनीक

संखुवासभामा ५ जना मिलेर ६ जनाको हत्याः थप चार अभियुक्त सार्वजनीक


संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ पछि सार्वजनीक गरेको छ ।

प्रहरीले घटनास्थल उम्लिङ खोला गाउँबाट हत्या काण्डका मुख्य योजनाकार ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेर सार्वजनीक गरेको हो ।

हत्यामा संलग्न थप चार जनालाई आज पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय संखुवाससभाले सार्वजनीक गरेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डि.एस.पी लालध्वज सुवेदीका अनुसार सुरु मै पक्राउ परेका र घटना स्विकार गरेका लोकबहादुरको बयानका आधारमा थप चार जना पक्राउ परेका हुन् । पक्राउ परेका मृतक तेजबहादुरका छिमेकी चारै जना माथि म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले घटना लगत्तै अनुसन्धान घेरामा राखेर पक्राउ गरिसकेको छ । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटनास्थल पुगेर थप अनुसन्धान गरेको सुवेदीले बताए ।

मुख्य हत्यारा भनिएका कार्कीको बयानको विश्लेषण पछि, घटनाबारे थप अनुसन्धान गर्न शुक्रबार संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!