शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाजकाभ्रे जिल्लामा असोज ५ गतेसम्म ‘मिक्स लकडाउन’

काभ्रे जिल्लामा असोज ५ गतेसम्म ‘मिक्स लकडाउन’


काभ्रे । बाग्मति प्रदेश अन्तर्गत् काभ्रेपलान्चोक जिल्लाका चार वटा स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एउटा नगरपालीका र तीन गाउँपालिकामा पछिल्लो दुई दिनयता थप सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्रले जनाएको हो ।

कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका रहेका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक, एक सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी) ले जनाएको छ ।

केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण पुष्टि भएको छैन । छ नगर र सात गाउँपालिका रहेको काभ्रेमा आइतबार २६ र शनिबार १५ सङ्क्रमित सङ्क्रमणमुक्त भएको विवरण डीसीसीएमसीले दिएको छ ।

जिल्लामा हाल १०१ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३३, पाँचखालमा १६, धुलिखेलमा १८, पनौतीमा १०, नमोबुद्धमा ११ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा चार सङ्क्रमित रहेका छन् । केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदर भन्दा सङ्क्रमणमुक्त दर अधिक छ ।

जिल्लामा हालसम्म १४ हजार ४६२ मा सङ्क्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १६९ सङ्क्रमणमुक्त भइसकेका छन् । गत भदौ महिनायता नगन्यदरमा सङ्क्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!