आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजकर्णालीका मन्त्रीलाई बलात्कारको बात: फेरी अर्को काण्ड

कर्णालीका मन्त्रीलाई बलात्कारको बात: फेरी अर्को काण्ड


सूर्खेत । पछिल्लो पटक आफ्नै स्वकीय सचिवकी श्रीमतीसँगको सेक्स स्क्यान्डलमा मुछिएका कर्णाली प्रदेशका कृषि मन्त्री कुर्मराज शाही फेरि अर्को विवादमा फसेका छन् ।

भदौं पहिलो साता सेक्स स्क्यान्डलमा फसेका मन्त्री शाही अहिले सूर्खेतको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पम्फा शाहीले सार्वजनीक गरेको हिजो टिकटकका कारण अर्को विवादमा फसेका हुन् ।

उपाध्यक्ष शाहीले आफ्नो टिकटक अकाउन्टमा हालेको एउटा भिडियो आलोचना पछि हटाएकी छन् तर कुर्मराज शाहीको तस्बिर प्रयोग गरिएको भिडियो विभिन्न सञ्चार माध्यमले बाहिर ल्याएका छन् । एउटा पुलको रेलिङमा उभिएका मन्त्री शाहीको तस्बिर राखेर उपाध्यक्ष पम्फाले ‘यो मुटुको धड्कन हौ तिमी, मैले फेर्ने हर सासमा छौ तिमी‘ बोलको गित राखेकी छन् । यो भिडियो पोष्ट गरेसँगै मन्त्री शाही र उनको सम्वन्धलाई लिएर टिका टिप्पणी सुरु भएको छ भने नकरात्मक प्रतिक्रिया पछि उनले भिडियो हटाएकी छन् ।

नकरात्मक आलोचना पछि उपाध्यक्ष शाहीले आफ्ना छोराछोरीले असावधानीवस उक्त पोटो हालेर टिकटक बनाएको प्रतिक्रिया दिएकी छन् । समाचार अनुसार पम्फाको परिवार ४ बर्षदेखी कालिकोट सदरमुकाम मान्ममा मन्त्री शाहीकै घरमा बस्दै आएको छ ।

शाही मन्त्री भएपछि सरकारी क्वार्टरमा बस्दै आएका छन् । मन्त्री पत्नी शुभकालिका गाउँपालिकामा रहेको अर्को घरमा बस्ने र आफूहरुलाई घर जिम्मा लगाएको पम्फाले प्रष्टिकरण दिएकी छन् । पम्फालाई गाउँपालिकाको उपाध्यक्षका लागि टिकट दिलाउन हालका मन्त्री शाहीले गत स्थानीय चुनावमा राजनीतिक संरक्षण गरेको टिप्पणी विगतमा समेत भएको थियो ।

यस्तै अस्वाभाविक राजनीतिक तथा पारिवारीक निकटता बढेपछि गत असारमा दुई बीचको सम्वन्धलाई लिएर उपाध्यक्ष पम्फाले हल्ला गलत भएको भन्दै परिवार तथा आफन्त सामु देवता छोएर कसम समेत खाएको स्थानीयको दावी छ । यही आशंका कै बीचमा अहिले पम्फाले मन्त्री शाहीको फोटो हालेर टिकटक बनाएकी छन् ।

भिडियो कान्ड अझै अलपत्र
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही अहिले पनि तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि आलोचनाको केन्द्रमा छन् । उक्त भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन् भने बाहिरबाट ढोका ढकढक्याएर मन्त्री शाही कोठामा प्रवेश गरेको देखिन्छ ।

यो भिडियो बारे सूर्खेत प्रहरीले अझै अनुसन्धान टुंगोमा पु¥याएको छैन । उक्त भिडियोबारे प्रहरीले अनुसन्धान गरिरहेकै बेला भदौ ४ गते राति एक युवक भेरी पुलमा कुटिएका थिए ।

मन्त्रीका स्वकीय सचिवले भिडियो बारे छलफलका लागि भन्दै गाडीमा राखेर छिन्चु बजार लगेको ति पिडित युवतीले बयान दिएकी छन् । फर्केर वीरेन्द्रनगर आउने क्रममा स्वकीय सचिव र शाहीले पीडित महिलाका श्रीमानलाई राति साढे १२ बजेतिर कुटपिट गरेको जाहेरी समेत प्रहरीकोमा परेको छ ।

जवकी प्रहरीले नै भदौ ४ गते साढे १ बजेतिर ति युवकको उद्दार गरेको थियो । भिडियो सार्वजनीक भएपछि सम्पर्कविहिन भएकी ति युवतीले अहिले मन्त्री शाहीले पटक पटक आफ्नो श्रीमानलाई अपहरण शैलीमा बेपत्ता पार्ने गरेको बताएकी छन् ।

बैशाख ४ गते प्रदेशसभामा विश्वासको मत पाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा फ्लोर क्रस गरेका कारण तत्कालीन एमालेका सांसद कुर्मराज शाहीलाई मन्त्री बनाएका हुन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!