आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजसरकार परिवर्तनको असरः ६ महिना मै सिडीयो फेरिए

सरकार परिवर्तनको असरः ६ महिना मै सिडीयो फेरिए


रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु ६ महिना पुग्दा नपुग्दै सरुवा भएका छन् । सरकारले संजुलाई हटाएर दिपक कुमार पहाडीलाई प्रमुख जिल्ला अधिकारी तोकेको हो । २०७७ साल फागुन २५ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका गौलोचन सैंजुले औपचारीक रुपमा शुक्रवार नै रामेछाप छाडेका छन् । नयां प्रमुख जिल्ला अधिकारी पहाडी केहि दिनमा जिल्लामा हाजीर हुने छन् ।

शुक्रवार सदरमुकाम मन्थलीमा भएको औपचारीक बिदाई कार्यक्रममा सैंजुले आफ्नो छ महिने कार्यकालको समिक्षा गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सरकार परिवर्तन भएपछि प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीहरुको सरुवा र पदस्थापन गर्ने परिपाटीका कारण अधिकांश जिल्लाका प्रमुख जिल्ला अधिकारी एक बर्षे कार्यकाल पुरा नहुंदै सरुवाको सूचीमा पर्नथालेका छन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!