शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाजसम्पत्तीको लागि आफ्नै पतिको हत्या

सम्पत्तीको लागि आफ्नै पतिको हत्या


दाङ । आफ्नै पतिको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छविनारायण चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले अनुसन्धानमा खटिएको छ ।
सम्पत्तीको बिषयमा बिवाद हुँदा मनसराले हातले घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!