आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजदशैंको चहलपहल सुरुः सुपथ मूल्यका पसल खुल्दै

दशैंको चहलपहल सुरुः सुपथ मूल्यका पसल खुल्दै

सामान किन्दा किलोमा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट


काठमाडौ । दसैं लगायतका महत्वपूर्ण चाडपर्वलाई लक्ष्य गरी सरकारले देशका ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आजदेखी सञ्चालनमा आएका सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा अन्य पसलमा भन्दा कम मूल्यमा किन्न पाइनेछ। सामान किन्दा किलोमा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइने छ।

मन्त्रालयका अनुसार प्रतिकिलो चामलमा ५, सिमी तथा फापरमा १०, नुनमा २, चिनीमा ५, खसी–बोकामा १० रुपैयाँ छुट पाइनेछ ।

मन्त्रालयका सहसचिव रायणप्रसाद रेग्मीले सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसल सञ्चालन गरेका हुन् ।

 

 


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!