शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाजबलेफीको प्रशासनिक भवन शिलान्यास

बलेफीको प्रशासनिक भवन शिलान्यास


बलेफी । बलेफी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष केदार क्षत्रीले एक कार्यक्रम बीच भवनको शिलान्यास गरिएको हो ।
भवन गाउँपालिकाको वडा नम्वर ५ को बागले गाउँमा बन्नेछ । प्रशाशकिय भवन निर्माणको लागि १० करोडको टेन्डर आव्हान भएको थियो । सो भवन निर्माण ठेकेदार कम्पनीले ५ करोड ९६ लाख लागतमा काम सम्पन्न गर्ने गरि सम्झौता गरि काम सुरु गरेको छ । सिएम कन्ट्रक्सन प्रालिले निर्माण सुरु गरेको भवन अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
कर्मचारी तथा जनप्रतिनिधिका लागि आवाससहितको भवन निर्माण हुने गाउँपालिकाले जनाएको छ ।
भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले गाउँपालिकाको प्रशाशकिय भवनको लागि जग्गा दान गर्नुहुने जग्गादाताहरुलाई धन्यवाद ब्यक्त गरे । उनले समयमै भवन निर्माणको काम सक्नसमेत निर्देशन दिएका छन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!