आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजबोक्से भीरमा बोलेरो दुर्घटना हुँदा ३ को मृत्यु

बोक्से भीरमा बोलेरो दुर्घटना हुँदा ३ को मृत्यु


रामेछाप । काठमाण्डौबाट ओखलढुङ्गाको खिजिदेम्बा हिँडेको बोलेरो रामेछापको मन्थलीमा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाईते भएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित बोक्सेको भिरमा जीप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।
प्रदेश नम्वर ३–०१–०२३ च ३५१३ नम्वरको डबल क्याव बलेरो रामेछापको मन्थली स्थित बोक्सेको भिरमा दुर्घटना भएका प्रहरीले जनाएको छ । जिप दुर्घटनामा परि ओलखढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं–६ खिजीफलाटेका चालक लाक्पा शेर्पा उनकी श्रीमती फुर्वा शेर्पा र गाडीधनी वाङछे शेर्पाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।
लाक्पा र फुर्वाका छोरा १० वर्षिय पेम्वा शेर्पा भने गम्भिर घाइते छन् । उनको मन्थली स्थित तामाकोशी अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारको लागि काठमान्डौ पठाइएको छ । जिप सडकवाट करिव ६ सय मिटर तल भिरमा खसेर क्षतविक्षत अवस्थामा रहेको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!