शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजनिर्माणाधिन विद्युतको टावरबाट खस्दा भारतीय नागरिकको मृत्यु

निर्माणाधिन विद्युतको टावरबाट खस्दा भारतीय नागरिकको मृत्यु


चौतारा । अपर तामाकोशी हाईड्रोपावर जलविद्युत आयोजनाको विद्युतको टावर निर्माणका क्रममा टावरबाट खसेर एक भारतीयको मृत्यु भएको छ । शनिबार टावर निर्माणका क्रममा खसेका भारतीय नागरिक  बंगालमाल्दा सतघरीयाका २८ वर्षिय शेख मतिउरको आज (बुधबार) मृत्यु भएको हो ।
शनिबार चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित जल्केनी नर्सिङ डाँडामा हाइड्रोपावरको टावर निर्माण हुँदै थियो । सो क्रममा अन्दाजी १३ फिट माथिबाट खसेका सेखको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
कार्यालयका डिएसपी दक्षकुमार बस्नेतकाअनुसार टावरबाट खसेर उनी टाउको,निधार,छाती र शरीरको विभिन्न भागमा चोट लागि गम्भिर घाईते भएका थिए । तत्काली उनका भिनाजु शेख नजमुल,हेड मिस्त्री नबिन श्रीबास्ताब र ठेकेदार जेनुल शेखसहित घाईतेलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी भक्तपुर पठाइएको थियो । उपचारको क्रममा आज विहान उनको मृत्यु भएको हो ।
सो टावर एलएनटी कम्पनीका ठेकेदार जेनुल शेख मार्फत निर्माण कार्य गरिदै आएको थियो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!