शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजकञ्चन प्रियदर्शीको सालिक अनावरण (भिडियो खबर)

कञ्चन प्रियदर्शीको सालिक अनावरण (भिडियो खबर)


पीपलडाँडा । स्वर्गीय पत्रकार एवम् साहित्यकार कञ्चन प्रियदर्शीको सम्झनामा निर्माण गरिएको सालिकको अनावरण गरिएको छ ।
प्रियदर्शीको जन्मस्थल सिन्धुपाल्चोकको पिपलडाँडामा निर्माण गरिएको सालिक एवम् पार्कको शनिबार उद्घाटन गरिएको हो ।
कार्यक्रममा सालिक एवम् पार्क निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सांसद् युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, जग्गादाता सुजन बुढाथोकी र मुर्ति निर्माण गर्ने कलाकार कृष्णहरी शंखदेवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

शालिक अनावरण कार्यक्रममा लामो समय बालसाहित्यमा योगदान पु¥याएका स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको थियो ।
नगद ११ हजार १ सय ११ रुपैंया पुरस्कार राशीसहित दोसल्ला र पुरस्कारपत्रद्वारा सम्मान गरिएको हो ।
कञ्चन प्रियदर्शीको सम्झनामा निर्मित सालिक अनावरण, पार्क उद्घाटन एवम् पुरस्कार अर्पण कार्यक्रमको अवसरमा आयोजीत खुला कविता प्रतियोगितामा नवराज रायमाझीले प्रथम स्थान हातपारेका छन् ।
प्रतियोगितामा सुष्मा तिमल्सिना द्वितीय, कृष्णप्रसाद धिताल’ तृतीय, रमेश श्रेष्ठ र घनश्याम नेपालले सान्त्वना स्थान हासिल गरे । पुरस्कृत हुने कविहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।


क्याटेगोरी : समाज, सिन्धु खबर टिभी


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!