शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाज२५ लाख धराैटी तिर्न नसक्दा कारागार चलान

२५ लाख धराैटी तिर्न नसक्दा कारागार चलान


चाैतारा । सहकारीमार्फत ६७ जनाबाट संकलित साढे ६२ लाख हिनामिना गरि फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । साँगाचाेकमा दिप सिन्धु बचत तथा ऋण सहकारी संस्था खोली बचत गरेकाहरूकाे रकम हिनामिना गरेका प्रकाश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनलाई २५ लाख रूपैयाँ धराैटी माग गरिएकाे थियाे । साे तिर्न नसक्दा उनलाई कारागार चलान गरिएकाे छ ।
सहकारीमा मुद्दति खाताको हकमा तोकीएको समय पुगेपछी र साधारण खातामा जम्मा गरेको रकम जुनसुकै बखत झिक्न र आफुले चाहेको रकम जम्मा गरेमा राम्रो ब्याज दिने प्रलोभन दिई गलफहतमा पारी ६७ जना मानिसहरुबाट रबैसठ्ठी लाख छैसठ्ठी हजार दुई सय उनन्चालिस रूपैयाँ बराबरको रकम हिनामिना गरेकाे आराेप उनीमा रहेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा उपस्थित गराएको थियाे। सिन्धुपाल्चोक जिल्ला अदालतको आदेशले अभियुक्त प्रकाश श्रेष्ठलाई पच्चीस लाख धरौटी माग गरेकोमा उक्त रकम बुझाउन नसकी निजलाई आजै जिल्ला कारगार सि.पा. चलान गरिएको हाे ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!