शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजकपिलेश्वरमा कांग्रेसको सरसफाई

कपिलेश्वरमा कांग्रेसको सरसफाई


लामोसाँघु । कपिलेश्वर महादेव मन्दिर परिसरमा नेपाली कांग्रेसले सरसफाई गरेको छ । महादेव मन्दिरमा तीजको अवसरमा ब्रतालुहरु आउने भएकाले नेपाली कांग्रेस बलेफी–५ इकाइ समितिले सरसफाई गरेको हो ।
सरसफाईका साथै बृक्षरोपणसमेत गरिएको छ । इकाइ सभापति रामकुमार तामाङका अनुसार तीजमा महिलाहरु मन्दिर आउने भएकाले सहज गराउन सरसफाई गरिएको हो । ‘तीजमा महिलाहरु चोखो भएर ब्रत बस्ने गर्दछन्,’ उनले भने, ‘मन पनि शुद्ध भएको भान गराउन भएका फोहर फ्याँकेका हौ ।’ उनले यो आम नागरिकको काम भएकले आफूहरुले अग्रसरता देखाएको बताए ।

हरितालिका तीजलाई महिलाहरुले ठूलो पर्वका रुपमा मनाउने गर्दछन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!