शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजकहिले टुंगिन्छ सिन्धु कांग्रेसको क्रियाशील सदस्यता विवाद ?

कहिले टुंगिन्छ सिन्धु कांग्रेसको क्रियाशील सदस्यता विवाद ?


चौतारा । गएको १८ गतेबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु भइसकेको छ । अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भए पनि सिन्धुपाल्चोकलगायत केही जिल्लामा कहिले हुन्छ भन्ने टुंगो अझै लाग्न सकेको छैन ।
काठमाण्डौं, सिन्धुपाल्चोकलगायत २० जिल्लाको क्रियाशील सदस्यता टुंगो नभएकै कारण वडा अधिवेशन हुन नसकेको हो ।
सिन्धुपाल्चोक जिल्ला सभापति विकाश लामा २३ गते भित्र विद टुंगिने बताउँछन् । त्यसपछि अधिवेशन हुने उनले बताए । तर, अझै टुंगो भने छैन ।
क्रियाशील सदस्यता टुंगो लागेका ५७ मध्ये ४८ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । वडा अधिवेशन सम्पन्न भएका करिव ८० प्रतिशत जिल्लामा सर्वसम्मत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको हो । वडा अधिवेशन सुरु भएको ५ दिन भइसक्दा पनि कांग्रेसले २० जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंग्याउन सकेको छैन ।

क्रियाशील सदस्यता विवाद टुंगो लगाउने जिम्मा पाएको समितिले प्रत्येक दिन सम्भवतः आजै टुंग्याउने गरी काम भइरहेको बताउदै आएको छ । तर समितिले भनेअनुसार काम गर्न सकेको छैन ।
पालिका तहको अधिवेशन २७ भदौमा गर्ने मिति तोकिएकाले क्रियाशील सदस्यता विवाद चाँडो टुंग्याउनुपर्ने दबाव समितिलाई छ । कांग्रेसको वडा अधिवेशन १८ भदौदेखि सुरु भएको हो । क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २० जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ ।
देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् । प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १०–१२ कार्तिक र केन्द्रीय महाधिवेशन आगामी ९–१३ मङ्सिरसम्म तय गरेको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!