शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजएकै परिवारको ६ जनाको हत्या, कसैको घरबाहिर कसैको शव भित्र

एकै परिवारको ६ जनाको हत्या, कसैको घरबाहिर कसैको शव भित्र


संखुवासभा ।
संखुवासभाको मादी नगरपालिका–१ का एकै परिवारका ६ जनाको हत्या भएको छ । एकै घरमा बसिरहेका ६ जनाको शव फरक फरक स्थानमा भेटिएको छ ।
मादी नगरपालिका–१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए । नगरपालिका प्रमुख विदुरकुमारका अनुसार कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ ।
६ जनाको हत्या भएको विहान गाउँलेले देखेका थिए ।

कार्कको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रारम्भिक जानकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीको भनाई छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!