शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजकाठमाडौंमा भारी बर्षा, करिब ४ सय घर डुबानमा

काठमाडौंमा भारी बर्षा, करिब ४ सय घर डुबानमा


काठमाडौ ।
शनिवार मध्यराति आएको वर्षाका कारण राजधानीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वाग्मतीलगायत विभिन्न नदीमा पानीको बहाव बढेसँगै राजधानीस्थित विभिन्न क्षेत्रका करिब ४ सय घर डुबानमा परेका छन्।
प्रहरीका अनुसार अहिलेसम्म बाढीका कारण काठमाडौँमामात्रै ३८२ घरधुरी डुबानमा परेकाे १३८ जनाको उद्धार भएको छ। मूलपानी, मनोहरा, बल्खु, नयाँवस्ती, कपनलगयत क्षेत्र बाढीका कारण बढी प्रभावित छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना उद्धारमा खटिएका छन्। अहिलेसम्म कुनै मानवीय क्षति भने भएकाे छैन ।

बाढीले विष्णुमतीका केही क्षेत्र डुबानमा परेको छ। यता बल्खु क्षेत्रको सुकुम्बासी वस्ती डुबानमा परेको छ। यस क्षेत्रमा केही सवारी साधनसमेत बगाएका छन्। अहिले प्रहरी त्यस क्षेत्रमा उद्धारमा खटिएका छन्।

 


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!