शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजभोटेकोशीका ११ सयलाई काठमाण्डौंमा कोरोना विरुद्धको खोप

भोटेकोशीका ११ सयलाई काठमाण्डौंमा कोरोना विरुद्धको खोप


काठमाण्डौं ।
चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका नागरिकलाई राजधानीमै कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । विरामी, असक्त तथा बृद्धबृद्धालगायत गाउँ जान नसकेकाहरुलाई काठमाण्डौंमै गाउँपालिकाले कोरोना विरुद्धको खोप लगाएको हो ।
हालसम्म भोटेकोशी गाउँपालिका स्थायी घर भइ राजधानीमा बसोबास गरिरहेका एक हजार एक सयलाई खोप लगाइएको छ । काठमाण्डौंको स्यम्भु, सामाखुशी, बौद्धलगायतमा खोप लगाइएको गाउँपालिकधा अध्यक्ष राजकुमार पौडेलले बताए ।
कोभिडले जतासुकै असर गरेको र यसको असर न्यूनीकरणका लागि खोपको ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । चिनियाँ सहयोगबाट प्राप्त खोप भोटेकोशीका जनताहरुलाई ब्यवस्थित रुपमा लगाईएको हो । भोटेकोशी गाउँपालिकाको स्थायी बासिन्दा भएर पनि संघीय राजधानी बसोवास गर्नेहरुलाई काठमाडौं स्वयम्भू, बौद्द, जोरपाटी र सामाखुशीमा खोप लगाउने ब्यवस्था गरिएको अध्यक्ष पौडेलले बताए ।
भोटेकोशी गाउँपालिकाका पाँचै वडाका काठमाडौंमा बिभिन्न कारणले बसिरहेकाहरुले खोप लगाएका हुन ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!