२१ लाख खर्चेर गृहमन्त्री खाँण मेलम्ची र हेलम्बुमा

मेलम्ची । बाढी पहिरोको क्षति र कटान निरीक्षण गर्न गृहमन्त्री बालकृष्ण खाँण २१ लाख भन्दा बढी रुपैयाँ खर्चेर मेलम्ची पुगेका छन् । उनले एकै दिन यो रकम खर्चिएर जम्बो टीसँगै बाढीपहिरोग्रस्त स्थल पुगेका हुन् ।
सिन्धुपाल्चोकसहित उनी उदयपुर र धनुषा पनि यही खर्चमा पुगेका थिए । बाढीग्रस्त क्षेत्रमा जाँदा उनले नेपाली सेनाको एमआई–१७ हेलिकप्टर चार्टर्ड गरेका थिए । एमआई–१७ हेलिकप्टर सेनाले प्रतिघन्टा ७ लाख ४४ हजार २७९ रूपैयाँ लिने गर्दछ । सो हेलिकोप्टर शनिबार (हिजो) तीन घन्टाजति उडेको थियो ।
निरीक्षणमा उनीसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रदेशसभा सदस्य निमा लामा, युवराज दुलाल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापालगायत सरकारी अधिकारीहरूको टोली थियो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार टोली सुरूमा हेलम्बुको गणेशेबगरमा पुग्यो । त्यहाँ टोलीले करिब ४५ मिनेट निरीक्षण ग¥यो । हेलम्बुको निरीक्षणपछि हेलिकोप्टर मेलम्चीस्थित सेनाको ब्यारेकमा आइपुगेको होे ।
क्याटेगोरी : अर्थ, समाज
तपाईको प्रतिक्रिया दिनुहोस