शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजसिन्धुपाल्चोकमा कोरोना संक्रमितमध्येमा आधा चौताराका

सिन्धुपाल्चोकमा कोरोना संक्रमितमध्येमा आधा चौताराका


चौतारा । कोरोना संक्रमण (कोभिड–१९) विरुद्धको खोप लगाउने क्रम बढेपनि संक्रमितको संख्यामा भने कमी हुन सकेको छैन । सिन्धुपाल्चोकका सबै स्थानीय तह सक्रिय संक्रमितबाट अछुतो छैन ।
हाल सिन्धुपाल्चोकमा दुई सय ४८ सक्रिय संक्रमित छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका छन् । यो नगरपालिकामा मात्रै एक सय २३ संक्रमित रहेको तथ्यांकले देखाउँछ । यो जिल्लाभर रहेका संक्रमितमध्ये ५० प्रतिशत हो ।

चौतारा साँगाचोकगढी नगरपालिकामा ७५ महिला र ४८ पुरुष संक्रमित छन् । कोभिडको दोस्रो लहर सुरु भएयता मात्रै यो नगरपालिकाका १३ जनाले ज्यान गुमाइसकेको तथ्यांक छ ।
स्वास्थ्य कार्यालयकाअनुसार चौतारापछि मेलम्ची नगरपालिकामा धेरै संक्रमित छन् । मेलम्चीमा ४१, जुगल र पाँचपोृखरीमा समान १४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै बलेफीमा २, बाह्रविसेमा ९, भोटेकोशीमा ७, हेलम्बुमा १,लिसंखुपाखरमा ३, सुनकोशीमा २ र त्रिपुरासुन्दरीमा ६ जना संक्रमित रहेको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!