शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजसिन्धुपाल्चोककी इन्द्रमायासहित वाग्मतीका ११ साँसद माधव पक्षमा

सिन्धुपाल्चोककी इन्द्रमायासहित वाग्मतीका ११ साँसद माधव पक्षमा


काठमाण्डौं । सिन्धुपाल्चोककी प्रदेश साँसद इन्द्रमाया गुरुङसहित वाग्मती प्रदेशका ११ साँसद नेपाल नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)मा खुलेका छन् ।
नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका इन्द्रमायासहितले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा एकिकृत समाजवादी रोजका हुन् ।
उनीहरुले वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरे । गुरुङसँगै सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्कीले माधव पक्षलाई साथ दिएका हुन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!