शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजसिन्धु खबर दोस्रो वर्षमा : अब अनलाइन टिभीमा जोड दिइने

सिन्धु खबर दोस्रो वर्षमा : अब अनलाइन टिभीमा जोड दिइने


काठमाण्डौं । बि एण्ड बि मिडिया हाउसद्वारा सञ्चालित अनलाइन खबरपत्रिका सिन्धुु खबर डट कम दोस्रो वर्षमा प्रवेश गरेको छ । सूचना विभागमा आधिककारिक दर्तापछि सुरु गरिएको न्यूज पोर्टल सिन्धु खबर सोमबार (कृष्णजन्माष्टमी)बाट दोस्रो वर्षमा प्रवेश गरेको हो ।
बि एण्ड बि मिडिया हाउस प्रालिले वर्षदिनअघि सिन्धु खबर डट कमको सुरु गरेको थियो । सोमबार मिडिया हाउसले विधिवत रुपमा सिन्धु खबर अनलाइन टेलिभिजनको सुरुआत गरेको हो । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले यसको शुभारम्भ गरेका हुन् । मिडिया हाउसको काठमाण्डौंको नयाँबकानेश्वरस्थित थापा गाउँमा रहेको कार्यालय सिन्धु खबर टेलिभिजनको उद्घाटन गरिएको थियो ।
पहिलो एक वर्ष परीक्षण कालमा रहेको न्यूजपोर्टल अबबाट नियमित प्रशरणमा जाने मिडिया हाउसले जनाएको छ । सिन्धुपाल्चोक जिल्लाका विविध विषयलाई उठान गर्दै आएको सिन्धु खबर डट कम यो वर्षदेखि वाग्मती प्रदेशभित्रका समाचारहरुलाई समेट्ने विएण्ड वि मिडियान हाउसका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिए । ‘अब टेलिभिजनबाट पनि नियमित प्रशरण हुनेछ ।’ उनले भने ।
यो डिजिटल युग हो । पछिल्ला वर्षदेखि नेपाली पत्रकारितालाई न्यू मिडियाले चुनौति दिइरहेको छ । डिजिटल जमानामा अनेकौं सम्भावना खोतल्दै जीवन्त पत्रकारिताको अभ्यास गर्ने योजना र लक्ष्यका साथ फरक दृष्टि लिएर आएको सिन्धु खबर डट कमका सम्पादक टीकाध्वज भण्डारीले बताए ।
न्यू मिडियामा आम नागरिकले अचेल समाचार ब्रेक गर्ने गरेको पाइन्छ । त्यसलाई चिर्दै एक पाइला अगाडि बढ्ने उद्घोषका साथ बि एण्ड बि मिडिया प्रस्तुत भएको छ ।
डिजिटल युगमा सिन्धुु खबरले अनलाइन टेलिभिनमार्फत अक्षरसँग भन्दा पनि धेरै अडियो र भिडियो सँग खेल्ने जनाएको छ । अब सिन्धुखबरमा विचार, शैली, विश्लेषणसँगैको दृष्यले जनताका कथा, समाजको कथा बोल्नेमा आम पाठकको विश्वास रहेको सिन्धुुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बस्नेतले बताए ।
‘यसअघि अनलाइन न्यूजपोर्टलबाट सिन्ध्ुपाल्चोकका विभिन्न विषयमा गरिएको उठान प्रसंशनीय छ,’ उनले भने, ‘अब झनै परिष्कृत भएर समाज विकासका लागि लागिपर्नेछ ।’
संघीय संरचनापछि मुलकमा आएको स्थानीय सरकार भित्रका विकास निर्माणलाई पनि जोड्ने संकलपका साथं सिन्धुखबर अघि बढेकाले थप प्रगतिको कामना सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले राखे । उनले यसअघिका भन्दा धेरै जनताका कुरा, समाज भित्र लुकेर रहेका विकृतिलाई सिन्धु खबरले उजागर गर्नुपर्नेमा जोड दिए ।
विशेष गरि सकारात्मक पत्रकारितामार्फत समाज विकास सम्भव छ भन्ने ध्येयका साथ सुरु गरिएको सिन्धु खबरले समाजको तल्लो तहका मान्छेहरुको आवाज बुृलन्द पार्नुपर्ने नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष अशोकुमार श्रेष्ठको भनाई छ । उनले सिन्धु खबर भर्खर फक्रँदै गरेकाले उन्नतिको शुभकामना व्यक्त गरे ।

 


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!