शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजफेरि बन्द भयो हेलम्बु मार्ग, पहिलेकै ठाउँमा गयो पहिरो

फेरि बन्द भयो हेलम्बु मार्ग, पहिलेकै ठाउँमा गयो पहिरो


मेलम्ची ।
लगातारको बर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
दुई दिन अघि यही ठाउँको पहिरोले सडक अबरुद्ध भएको थियो । फेरि गएको पहिरोले बाटो बन्द गराएको हो ।
दुई दिन अघि यही स््थानमा आएको पहिरोले यात्रु अलपत्र परेका थिए । प्रहरी, स्थानीयवासीले निकै लामो समयपछि पहिरो पन्छाएर सडक खुलाएका थिए । अहिले फेरि सोही स्थानमा आएके पहिरोले समस्या निम्त्याएको स्थानीयको भनाई छ ।
पहिरो पन्छाएर सडक संचालनमा ल्याउन बर्षा बाधक रहेको र निकै जोखीम रहेकाले अहिले बैकल्पिक सडक प्रयोग गर्न ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले आग्रह गरेक छन् । साउन अन्तिम देखि नै यहाँ निरन्तर माथि बाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।
यो ठाउँमा स्थायी रुपले पहिरो रोक्ने प्रविधि ल्याउनुपर्ने स्थानीयको माग रहेको छ ।

 


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!