शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजभोलि (शनिबार) दिनभर चौतारामा बत्ती जाने

भोलि (शनिबार) दिनभर चौतारामा बत्ती जाने


चौतारा । भोलि अर्थात शनिबार दिनभर सिन्धुपाल्चोकको सदरमुककाम चौतारामा बत्ती जाने भएको छ । सुनकोशी सबस्टेशन बाट सञ्चालित फिडरको केवल हेड मर्मत गर्नुपर्ने भएकाले बत्ती आपुर्ती बन्द हुने भएको हो ।
नेपाल बिद्युत प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रका अनुसार भोलि बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपुर्ती नहुने भएको हो । फिडरको केवल हेड मर्मतका लागि समय लाग्ने भएकाले यो अवधिमा बत्ती नआउने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले एक सूचना जारी गरि यस्तो जनाएको हो । प्राधिकरणले यसबाट पर्न जाने असुविधाप्रति ग्राहकवर्गमा क्षमासमेत मागेको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!