शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजपहिराेले हेलम्बु मार्ग फेरि राेकियाे

पहिराेले हेलम्बु मार्ग फेरि राेकियाे


हेलम्बु । लगातारकाे वर्षाले सडक माथिबाट पहिराे खस्दा हेलम्बु राजमार्ग फेरि राेकिएकाे छ । फटकशीलास्थित राताेपहराे माथिबाट निरन्तर पहिराे खसेकाले राजमार्ग अबरुद्ध भएकाे हाे ।
बिहान ६ बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरो माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरोध भएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले बैकल्पीक मार्गबाट यात्रा गर्न अनुरोध गरेका छन् । अहिले मेलम्चीबाट काठमाडाँै र काठमाडाँैबाट मेलम्ची आएका यातायातका साधन र यात्रु अलपत्र परेका छन्। यसअघि पनि यसठाँउमा निरन्तर पहिरो खसिरहेको छ । यस्तै धुसेनी ,मानेभञ्ज्याङ तालामाराङ बैकल्पीक सडकपनि अवरुद्ध भएकाले खुलाउन यातायात व्यबसायीले आग्रह गरेका छन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!