ज्योमोगाङ घ्याङ्गलेख सामाजिक सेवा नेपालको अध्यक्षमा दिनेश लो चयन

काठमाण्डौं ।
ज्योमोगाङ घ्याङ्गलेख सामाजिक सेवा नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ। कोरोना महामारीलाई मध्येनगर गर्दै स्वास्थ्य मापदण्ड पालन गरी भव्य रुपमा साधारण सम्पन्न गरिएको हो।
१३ सदस्यीय सहित साधारण सभाले आगामी दुई वर्षको लागि दिनेश लोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा मित्र बहादुर थोकर, द्वितीय उपाध्यक्षमा बिज बहादुर लो, सचिवमा देवकृष्ण थोकर, सह–सचिवमा विषम स्याङ्गतान, कोषाध्यक्षमा टिकालाल मोक्तान र सह–कोषाध्यक्षमा चन्द्रीमाया योन्जन सर्वसम्मत चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा राजकुमारी बम्जन, कान्छीमाया घिसिङ, कान्छामान योन्जन, शुक बहादुर लो, कृष्ण कुमार लो र निर्माला गोले रहेका छन्। सल्लाहकारहरुमा सम्बर बहादुर वाइवा, अरुण गोले, अष्टमान लो, दूध बहादुर योन्जन, भोजराज योन्जन, संचमाया लो, इश्वरमान थोकर, अर्जुन भ्लोन गरी ११ जनालाई चयन गरिएको छ। साधारण सभामा संस्थाको आय व्यय विवरण, वार्षिक कार्यप्रगति विवरण, अहिलेसम्म गरेको सामाजिक कामहरु र आगामी योजनाहरु प्रस्तुत गरिएको थियो ।
संस्थाले हालसम्म मृतकको परिवारलाई सहयोग, विरामीलाई सहयोग, साथै संस्थाको विधान र उद्देश्य बमोजिम विभिन्न कार्यहरुको गर्दै आएको छ। असहाय भई एक्लिएका साथै तड्पिदै जीवन गुजारिरहेको मानिसहरुको सारथि बन्ने साथै मानिस मानिस बीच आत्मीय सम्बन्ध विस्तार, बन्धुत्वको भावना, भावनाको विकास र आपसी सर सहयोगको भावना सिर्जना गर्ने उद्देश्यले २०७६÷०४÷२८ गते ज्योमोगाङ घ्याङ्गलेख सामाजिक सेवा नेपाल को स्थापना भएको हो ।
सामुहिक भावना विकास गरी सामाजिक कार्यमा रमाउने साथै विशुद्द सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित यस संस्थाले स्थापना भएको २ वर्षको छोटो अवधिमै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको संस्थाको अध्यक्ष दिनेश लोले बताए । आफनो कार्यअवधिमा पनि सामाजिक कार्य र असहाय र आर्थिक स्थितीले जीबन गुजार चलाउन कठिन अवस्था हुनेहरुको सारथिको रुपमा सस्ंथा सधै दुखमा हुने उनले बताए ।
क्याटेगोरी : समाज
तपाईको प्रतिक्रिया दिनुहोस