शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजमेलम्ची बाढीपीडितलाई आर्थिक सहयोग (भिडियोखबर)

मेलम्ची बाढीपीडितलाई आर्थिक सहयोग (भिडियोखबर)


मेलम्ची । गएको असार १ र साउन १७ गते आएको बाढीले क्षति पु¥याएका मेलम्ची पीडितलाई राहत प्रदान गरिएको छ । वैदेशिक रोजगारका सिलसिलामा विभिन्न देश पुगेकाहरुबाट संकलित रकम शनिबार मेलम्ची बाढीपीडितलाई हस्तान्तरण गरिएको हो ।
विदेशबाट पठाएको रकम इन्द्रावती गाउँपालिका १ सिम्पालकाभ्रे युवा एकता समाजको संयोजनमा पीडितहरुलाई वितरण गरिएको थियो । मेलम्ची र इन्द्रावती नदि एकै साथ उर्लिएर आएको बाढीले हेलम्बु र मेलम्ची बजारमा क्षति पु¥याएको थियो । शनिबार विशेषग्िर मेलम्चीस्थित फट्टे बजारका पीडितहरुलाई रकम प्रदान गरिएको हो ।
संयोजन संस्था युवा एकता समाजका अनुसार फट्टे बजारका १० बाढीपीडित परिवारलाई राहत दिइएको थियो । उनीहरुलाई प्रति परिवार एघार हजारका दरले रकम हस्तान्तरण गरिएको हो ।
रकम बुझेपछि बाढीपीडितहरुले संयोजन संस्था र विदेशमा रहेर रकम संकलन गर्नेहरुलाई धन्यवाद दिए । यो आफूहरुका लागि ठूलो सहयोग भएको उनीहरुको भनाई थियो ।


क्याटेगोरी : समाज, सिन्धु खबर टिभी


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!