शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजबढी भाडा लिने कारबाहीमा

बढी भाडा लिने कारबाहीमा


मेलम्ची ।
यात्रुसँग तोकिएको भन्दा बढी भाढा लिने सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ । मेलम्चीबाट काठमाण्डौं जाने क्रममा यात्रुसँग बढी भाडा लिएको बा २ ख ३९२९ नंबरको बस र चालकलाई नियन्त्रणमा लिइएको हो ।
बसले १७२ लिनुपर्नेमा २२० रुपैयाँ भाडा लिएको मेलम्चीबाट काठमाडौ जाँदै गरेका शिक्षक लेखनाथ भट्टराईले बताए । तोकिएको भन्दा बढी भाढा लिए पछि उनले सिन्धू हेलम्बु यातायात प्राली र प्रहरीमा गुनासो गरेका थिए ।
सोही गुनासोका आधारमा लिइएको प्रहरीले जनाएको छ । बस र चालकलाई टा«फिक जरिवाना लिएर सम्झाई बुझाई छोडिएको थियो । सिन्धुपाल्चोकमा बढी भाडा लिने गरेको गुनासा धेरै आउने गरेका छन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!