बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठसमाजयस्ताे देखियाे रानीपाेखरीमा जनैपुर्णिमा (फाेटाेकथा)

यस्ताे देखियाे रानीपाेखरीमा जनैपुर्णिमा (फाेटाेकथा)


चौतारा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन आज देश भर मनाईयाे । यसै सन्दर्भमा सिन्धुपाल्चोकका विभिन्न मन्दिर, कुण्डमा पनि धुमधामसाथ जात्रा मनाएर जनै फेरियाे । जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै गरिएको हो ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सिन्धुपाल्चोकको पनि प्रमुख धार्मिक पर्यटकीय कुण्ड र मन्दिर आज मेला लागेकाे थियाे । पाँचपाेखरी, भैरवकुण्ड, ईन्द्रावती गाँउपालिकाकाे नाैलिंगेश्वर महादेव, गातीकाे टुङटुङ महादेव, भाेयलिश्वरी, ईर्खुकाे रानीपाेखरीमा मेला लागेकाे थियाे ।
यी स्थानहरूमा संयाैं भक्तजनहरूकाे उपस्थिति रहेकाे थियाे । तस्बिरमा हेराैं रानीपाेखरी मेलाका झलकहरू ।

तस्विर साैजन्य, अमृत श्रेष्ठ/ इर्खु


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!