शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजमेलम्ची बाढीले थप तीन घर बगायाे

मेलम्ची बाढीले थप तीन घर बगायाे


मेलम्ची ।
अबिरल बर्षाका कारण मेलम्चीमा फेरि बाढी आएकाे छ । मेलम्ची नदिमा आएको बाढीले थप तीन घर बगाएको हाे ।
स्थानीयका अनुसार मेलम्चीस्थित नेपानेमा रहेकाे कृष्ण बहादुर थापा, भोज बहादुर थापा र दिपेश थापाको घर बगाएको छ । मेलम्ची खाेलाकाे वहाव गए राति बढेकाे थियाे । बढेकाे खाेलाकाे वहावले तीन घर नदिमा मिसाएकाे स्थानीय भीमसेन थापाले जानकारी दिए । थप घरहरु र बाटो समेत जोखिममा रहेको उहाँले उनकाे भनाई छ ।
यसअघिका गेग्रानसहितकाे बाढीले यी घर जाेखिमम थिए । कुनै पनि बेला बाढीले बगाउन सक्ने भएकाले सामान सबै निकालिसकेकाे र मान्छे नबस्ने गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।
साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाएको छ ।
असार १ , साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको मृत्यु भएको छ ,६ घाईते र २० बेपत्ता छन भने मेलम्ची नदि तटका सयौँ घर, खेत ,पुल तथा सडक जोखिममा छन ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!