आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजबाढीले थप क्षति नहुन महायज्ञ

बाढीले थप क्षति नहुन महायज्ञ


हेलम्बु । असार १ गतेको अविरल वर्षासंगै हेलम्बु भ्रेमाथानमा पहिरो खसेर आएको बाढीले तटीय क्षेत्रमा थप क्षति हुन नदिन महायज्ञ लगाइएको छ । अझै भ्रेमाथाङको बाढी आउन सक्ने सम्भापना रहेको विज्ञको निष्कर्षसँगै थप क्षति नहोस् भन्नका लागि महायज्ञ लगाइएको हो ।
बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अस्तब्यस्त बनेको थियो । बाढीबाट पाँच जनाको मृत्यु भयो,२० जना बेपत्ता छन् भने सयौँ परिवार विस्थापित भएका छन् ।
थप क्षति नहोस भन्ने कामना सहित इच्छेश्वर महादेवको मन्दिर संरक्षण समितीले इच्छेश्वर महादेवको मन्दिर हेलम्बु ६, पिपलचौर र नदि तटमा महायज्ञ लगाएको हो । हिजोबाट चलेको यज्ञ आज समापन गरिएको छ ।
दुई दिनको विशेष पुजा आयोजना गरेको समितिले २० जना आचार्य गुरुहरुद्वारा लघु रुद्री, चतुर्वेदका प्रत्येक मन्त्रद्वारा होम गरिएको आचार्य नवराज भट्टराईले बताए ।
बाढीको वितण्डा अझै नरोकिएको र विश्व शान्तिको कामनाका लागि हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा पुजा गरिएको हो । देवी देवता रिसाएका कारण यसो भएको हुन सक्ने र पुजा लगाएपछी केहि कम हुने स्थानीयको विश्वास छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!