शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाजबस्ती संरक्षणमा मेलम्चीवासी, जुट्दैछ साथ–थाक्दैन हात (भिडियो खबर)

बस्ती संरक्षणमा मेलम्चीवासी, जुट्दैछ साथ–थाक्दैन हात (भिडियो खबर)


दिपेन्द्र थापामगर
मेलम्ची । जिम्मेवारी वहन गर्नुपर्ने स्थानीय सरकारले वेवास्ता गरेपछि बाढी पसेको मेलम्चीको बस्ती संरक्षणमा स्थानीयवासी आफै जुटेका छन् । बाढीपीडित आफै जुटेर व्यावारिक बजार मेलम्ची जोगाउन अग्रसर भएका हुन् ।
बाढीले क्षतिग्रस्त मेलम्ची बजार जोगाउन जाली भरेर गाह्रो लगाउने, स्काभेटरले ढुंगाको पर्खाल बनाई खोला बस्तीमा पस्न नदिने कामहरु अहिले भइरहेको छ । स्थानीयवासी मेलम्ची पुनर्निर्माण तथा बस्ती संरक्षण सरोकार समिति गठन गरेर बजार संरक्षणमा पीडितहरु जुटेका हुन् ।
बस्ती संरक्षण समितिका अभियन्ता सागर श्रेष्ठका अनुसार बाँकी बसेको मेलम्ची जोगाउनका लागि अहिले इन्द्रावती नदिमा ४ वटा स्क्याभेटर ,२ वटा जेसिभी मेसिन लगाएर नदिलाई पुरानैधारमा लानलाई नदिमा काम भइरहेको छ ।
‘स्थानीय सरकारले बजार जोगाउन कुनै कदम लिएको छैन,’ उनी भन्छन्, ‘हाम्रो आफ्नै अग्रसरता र खर्चमा काम भइरहेको छ ।’ उनले बस्ती संरक्षणका लागि केही सहयोगीहरु रहेको सुनाए ।
मेलम्ची नदि र इद्रावती नदिमा आएको बाढिले तटीय क्षेत्रको बस्ती तथा बजारलाई प्रत्यक्ष प्रभावित भएको थियो । समितिले अहिले खोला सफा गर्ने कामहरुसमेत गरिरहेको छ । माथिबाट बगेर आएका ढुंगा, ग्रेगानहरु पन्छाउने काम भइरहेको श्रेष्ठले बताए ।
तटीय क्षेत्रको बस्ती सफा गरेर बस्न योग्य छ छैन कुनै सरोकारवाला निकायको अध्ययनको विषयमा परेको छैन । बाढीले नदि क्षेत्रको बस्ती अझै कटान गर्ने क्रम रोकिएको छैन । उक्त विनाशकारी बाढी गएको दुई महिना बित्न लाग्दा पनि स्थानीय सरकारले बाढीबाट थप क्षति हुन नदिनका लगि कुनै पहल नगरेपछि अहिले स्थानियवासीले चासो देखाएका हुन् । नदि कटानको बिषयमा सरोकारवाला पक्ष मौन रहेकाले स्थानीयवासीको नेतृत्वमा अहिले मेलम्ची बचाऊ अभियान कार्यक्रम सुरु गरेका हुन ।
असार १६ गते देखि नै बाढि पसेका घरहरु सरसफाई गर्दै आएको २ वटा बुल डोजर अहिले पनि काम गर्दै आएको छ ।
स्थानीय सरकारले बाढी लामो समय भइसक्दा पनि विस्थापितहरुको लागि प्रभावकारी काम नभएको भन्दै साउन १७ गते स्थानीय सरकार मौन रहेको विषयमा विरुद्ध आन्दोलन तथा नाराबाजीसमेत गरेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!