बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाजउच्च जोखिमयुक्त घर सफा गर्ने र बस्ने नगर्नु, नागरिकको गाँस, बाँस र स्वास्थ्य उपचारको जिम्मा हामी लिन्छौं: मेलम्ची नगरपालिका

उच्च जोखिमयुक्त घर सफा गर्ने र बस्ने नगर्नु, नागरिकको गाँस, बाँस र स्वास्थ्य उपचारको जिम्मा हामी लिन्छौं: मेलम्ची नगरपालिका


दिपिन ढुंगाना

सिन्धुपाल्चोक । असार १ गतेदेखि आएको बाढीले नदी तटीय घर बस्तीमा क्षति पुर्र्याएको बेला समेत स्थानीय सरकारले वेवास्ता गरेको भन्दै नगरपालिकाको आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरि नदी नियन्त्रण देखि बस्ती जोगाउन अथक प्रयास गरेको नगरपालिका द्धारा जारी अपिलमा भनिएको छ ।

बेलैमा सुचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशि ब्यक्त गरेको छ ।

तत्कालको लागि सामुहिक रुपमा बासस्थानको ब्यबस्था गरेको नगरपालिकाले १५ दिन सम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको ब्यबस्था गरेको बताएको छ ।

साथै ग्यास, चुलो, ओछ्याउने, भाडाकुडा र रासन समेतको ब्यबस्था गरि इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका खेलेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

साथै कुपनको व्यबस्था गरि १ महिनाको लागि खाद्यान्न वितरण गर्ने काम भएको नगर प्रमुख अर्यालले दावि गरे ।

पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्याङ्कन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझाव बमोजिम तल्लो तटिय क्षेत्रमा नदिको कटान रोकि क्षति न्युनिकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ ।

हालसम्म नगरपालिका मार्फत ग्याविन बक्स १२७८थान, ४७८ टिप ढुंङ्गा, ७ वटा मेशिन लगातार १ महिना सम्म खोलामा आवश्यकताको आधारमा प्रयोग एवम् परिचालन गरिएको जनाइएको छ ।

यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेवसाइटमा सार्वजनिक गर्दै आएको अर्यालले बताए । ।

बाढी प्रभावितहरुको सम्पुर्ण विवरण संकलन गरि नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाले प्रभावितहरुको वर्ग छुट्याएर २५,२०,१५ र १० हजारको दरले तत्कालको लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य सुरु भइसकेको जनाएको छ ।

अस्थायी आवास निमार्णको लागि नेपाल सरकार बाट प्राप्तहुने ५० हजार रुपैंया सम्झौता गरि प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निमाणको लागि प्राप्त हुने ५ लाख रुपैंया र बसोवास योग्य जग्गा नहुनेको लागि थप ३लाख समेत प्राप्तपर्ने सुनिश्चित भइसकेको बताए ।

प्रदेश सरकार ,केन्द्र सरकार र सरोकार वाला निकायसँगको समन्वय र नगरपालिकाको आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पुर्ण काम गरिरहेको र गरिरहने प्रतिबद्धता समेत नगर प्रमुख अर्यालद्धारा हस्ताक्षरित अपिलमा भनिएको छ ।

प्रभावितको राहत तथा उद्धारको लागि नगरपालिका ब्यक्ति,सघंसंस्था, समुहसँग जतिबेला पनि छलफलको लागि तयार रहेको उल्लेख गरिएको छ ।

नगरपालिका भित्रका तालामाराङ देखि ढाडखोला किनारमा रहेको बस्तीहरुलाई संरक्षण गर्ने देखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको नगर प्रमुख अर्यालले बताए ।

पहिरो गएको मुहान क्षेत्रबाट अझैपनि पहिरो आउने सम्भावना रहेको र बर्षातको समय भएकाले मेलम्चीको तल्लो बजारको घरहरु सफा गर्ने र त्यहि बस्नेगरि थालिएको तयारी जोखिमको हिसाबले उपयुक्त नभएको नगरपालिकाले दाबी गरेको छ ।

बाढी प्रभावित नागरिकको गाँस,बाँस र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले बताएको छ ।

बर्षातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुन सोहि घरमा बस्नेगरि जोखिमयुक्त कार्य गरिरहेको भन्दै नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

साथै त्यस्तो काममा नलाग्ने अपिल समेत गरेको छ । मेलम्ची बजार र फट्टेमा २वटा बेलिब्रिज निमार्णको लागि संघीय सरकारलाई आग्रह गरिएको र स्थाइ पुल र्निमाणको लागि अध्ययन भइरहेको समेत अपिलमा उल्लेख गरिएको छ ।

नगरवासिको जिउधनको सुरक्षा र संरक्षण गर्ने कुरामा नगरपालिकाले कुनै कसर बाँकि नराख्ने भन्दै नगरपालिकाले थप काम गर्नुपर्ने भएमा सम्बन्धि ब्यक्ति,समुहहरु स्वयं नगरपालिका आएर छलफलका माध्यमबाट समस्याको समाधान गर्न समेत नगरपालिकाले अपिल गरेको छ ।

 


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!