बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाजउठाउँदा उठाउँदै ढल्यो मेलम्ची

उठाउँदा उठाउँदै ढल्यो मेलम्ची


दिपिन ढुंगाना
सिन्धुपाल्चोक । निरन्तरको बाढीले गएराति मेलम्ची ११ का ७ घर बगाएको छ । असार १ को बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची ११ पिपलबोट का हरिशरण श्रेष्ठ सहितको ६ र पुरानो बजारको १ घर बगाएको हो ।

शनिवारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगागत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुँगे्र बजार, बाढीले मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको छ ।

यसअघि गएको असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा रहेको छ । मेलम्ची, चनौटे , तालामाराङका बस्ति जोगाउन पहल नभएका हैनन् ।

बस्ति उठाउन लागेको स्थानियको प्रयास सबै असफल भएको छ । हिंउदमा त्यहि घरमा गएर बस्ने प्रभावितको सपना अधुरै रहेको छ । नदिको धार परिवर्तन भएपछि त्यहि घरमा बस्ने सोच थियो त्यसैले गर्दा निरन्तर खोला छेक्नका लागि हामिले पहल गरिरहेका थियौं तर आज घर खोलामा मिल्यो पिडित हरिशरण श्रेष्ठले बताउनुभयो ।

अहिलेपनि मेलम्ची नगरपालिका, नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलि मेलम्ची बजार जोगाउन लागि परेका छन् । अहिलेसम्मको तटबन्धन सबै खोलाले बगाएको छ ।

जोखिमको क्षेत्रहरु
हेलम्बु देखि दोलालघाट सम्मका स्थानहरु उच्च जोखिममा छन् । हेलम्बु गाउँपालिकाको चनौटे बजारबाट अहिले खोला बगिरहेको स्थानिय हस्त पण्डितले जानकारी दिनुभयो । ग्याल्थुम बजार,तालामाराङको तेर्से माध्यमिक विद्यालय र बजार अहिले उच्च जोखिममा छन् । तत्काल सुरक्षित स्थानको खोजिमा लागिपरेका छन् प्रभावितहरु ।

सडक सञ्जाल, विद्युत बाट बञ्चित भएका प्रभावितहरुको अवस्था निकै कष्टकर छ । एकजना विरामि भएभने हेलिभन्दा अरु विकल्पै छैन । उपचार गराउने समेत पैसा नभएका यहाँको नागरिकको हेलिकप्टर बाट अस्पताल सम्म लैजाने हैसियत कसैले बनाएका छनन् । पक्किपुल सबै खोलाले लगिलक्यो बाँकि झोलुङ्गे पुलपनि यताकता छन् । पैदल हिड्ने बाटो समेत नपाएका प्रभावितहरुले निकै कष्ट भोग्नुपरेको छ ।

सरकारी निकाय मुकदर्शक
असार १ गते राति बाढी आएपछि सबैभन्दा धेरै क्षति गर्र्यो । बाढी आएपनि सांसद,मन्त्री,उपप्रधानमन्त्री देखि तत्कालिन प्रधानमन्त्री केपि वलिले समेत स्थलगत निरिक्षण गरे । सरकारको तर्फबाट प्रधावितहरुको लागि ५ लाख रुपिँया वितरण गर्ने घोषणा गरेको सरकारले त्यो रकम कहिले पाउने अहिलेसम्म अत्तोपत्तोे छैन ।

बाढी आएको ४९ दिन भैसक्दापनि सरकारको सहभागिता नदेखिनुले पिडितहरु झनै पिडित भएकाछन् । स्थानिय सरकारले केहि प्रयास गरेपनि केन्द्र र प्रदेश सरकारको नजर नपर्दा ब्यथा ज्यूँको त्यूँ छ । अस्थाइ आवास निमार्ण देखि स्थाइ आवास निमार्ण सम्मको काम सरकारको आश गरेका प्रभावितले सरकार भएको आभाष गर्न पाएका छैनन् ।

बन्दै गरेका अस्थाई आवास अनिश्चित
विभिन्न सघंसंस्थाको पहलमा सुरक्षित मानिएको स्थानमा निमार्णाधिन अस्थाइ आवास अनिश्चित भएको छ । सडक सञ्चाल,पुलपुलेसा सबै ध्वस्त भएपनि सामान लैजाने वैकल्पिक बाटो छैन ।

घर निमार्णमा आवश्यक ट्रस,जस्तापाता, सिमेन्ट, अन्य आवश्य सामग्रि नहुँदा खल्तिमा पैसा बोकेर चुइने पालमुनि बस्न बाध्यछन् प्रभावितहरु ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!