शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजबाढी पहिरो क्षेत्रमा पुगे विज्ञ टोली

बाढी पहिरो क्षेत्रमा पुगे विज्ञ टोली


चौतारा । शनिबार साँझबाट अविरल रुपमा आएको बाढीको उद्गम क्षेत्रमा विज्ञ टोली आइपुगेका छन् । खानी तथा भूगर्भ विभागका प्रमुख शिवहरि बाँस्कोटाको नेतृत्वमा ५ सदस्यीय टोली भेम्राथाङ आइपुगेको हो ।
मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिएका थिए । टोलीले पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्नेछन् ।
हेलम्बु गाउँपालिकाको भ्रेमाथाङ आसपास हिजो दिउँसोबाटै निरन्तर पानी परेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको हो । तल्लो तटीय क्षेत्रमा भने पानी परेको छैन् । असार १ गते आएको बाढी भेम्राथाङको २५ प्रतिशत चउर बगेर आएको विज्ञले बताएका थिए । बाढी अहिलेसम्म पनि जारी छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!