बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाजकाँग्रेसले आयाेजना गरेको रक्तदानमा १०२ ले गरे रक्तदान

काँग्रेसले आयाेजना गरेको रक्तदानमा १०२ ले गरे रक्तदान


चाैतारा । चाैतारामा १०२ जनाले रक्तदान गरेका छन् ।

नेपाली काँग्रेस खेलकुद विभाग केन्द्रीय समिति र लाेकतान्त्रिक खेलकुद संघकाे आयाेजनामा चाैतारामा गरिएकाे रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका हुन् ।

केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतकाे पहलमा बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्र र चाैतारा अस्पतालमा दिईएकाे ब्लड रेफ्रिजेरेटरमा रगत जम्मा गर्न रक्तदान गरिएको स्थानीय काँग्रेस नेता युधिर पाैडेलले बताए ।

बाँकी रगत भक्तपुर पठाईनेछ । खेलकुद विभाग प्रमुख तथा काँग्रेस केन्द्रीय सदस्य बस्नेतले रगत अभावमा अकालमा काेही कसैले ज्यान गुमाउन नपराेस् भनी रक्तदान कार्यक्रम आयाेजना गरेकाे बताए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!