बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाजबाढीपीडितलाई तामाङ समाजको उज्यालो

बाढीपीडितलाई तामाङ समाजको उज्यालो


बाह्रविसे । बाह्रबिसे नगरपालिका ५ गाती जम्बुका बाढीपीडितलाई सोलार वितरण गरिएको छ । त्रिपाल र टेण्टमा आश्रित पीडितहरुलाई बाह्रबिसे तामाङ सेवा समाजले ३ वटा डबल प्यानल सोलार सहयोग गरेको हो ।
बाह्रबिसे तामाङ सेवा समाजका अध्यक्ष युद्धविक्रम तामाङ डिबीकाअनुसार जम्बुका सम्पूर्ण भेगलाई पुग्ने गरी ती सोलार दिइएको हो । फिल्म निर्माता समेत रहेका तामाङ एक वर्षयता टेण्ड र पालमा जीवन बिताइरहेका विस्थापित परिवार बीच पुग्दा स्थानीय गुनासिएका थिए । ‘यहाँ बाढी आउँदा यहाँ धेरै बेपत्ता भए, सबैको आत्मा शान्तीको लागि घेवा मोलम् गर्ने प्रतिबद्धता गरेका थियौ कोरोनाको कारणले त्यो हुन नसकेपछि ,त्यसको बदला अहिले सोलार सहयोग ग¥यौ,’उनले भने । तामाङ सेवा समाजलाई आफुले दुई लाख बराबर सहयोग उपलब्ध गराएपछि सोलार ल्याएर दिइएको उनले उल्लेख गरे ।
एल्मो र काभ्रे खोला थुनिएर भोटेकोशी नदीमा बाढी उर्लिदा २०७७ असार २५ मा बाह्रबिसे नगर ५ जम्बुका २ जनाले ज्यान गुमाएका थिए ,भने १७ जना अझै बेपत्ता छन् । यही बाढीले जम्बुका १४ र खाग्दलका २१ घरसहित मोटरवेल पुल ,सडकजस्ता अन्य संरचना बगाएर तहसनहस बनाएको थियो । असार १ मा ह्योल्मोभुमी हेलम्बु हुदै उर्लिएर आएको मेलम्ची बाढीले हेलम्बु र मेलम्ची क्षेत्रलाई बगर तुल्याएपछि तटक्षेत्रका यहाका विस्थापीत त्रासमा छन् ।
भोटेकोशी तटभेगमा बिजुली आउनेजाने भइरहने कारणले सोलार भएमा बाढीको सतह हेर्न र सर्तक रहन सहज हुने भन्दै स्थानीयले अनुरोध गरेपछि सोलार सहयोग गरेको उनले प्रष्ट्याए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!