बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाजराहत र पुनस्थापनाको माग गर्दै मेलम्ची बाढीपहिरो पीडितले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राहत र पुनस्थापनाको माग गर्दै मेलम्ची बाढीपहिरो पीडितले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौं । मेलम्ची बाढीपहिरो प्रभावितहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिकाका स्थानीय बाढीपीडितहरुले प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै बाढीपीडितले तत्काल बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने, नदीलाई पुरानै धारमा फर्काउन पहल गर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन स्काभेटरमार्फत जमिनको सतह मिलाउने प्रबन्ध गर्न माग गरेका छन् ।

त्यस्तै बाढीले व्यवसाय गुमाएका व्यवसायीलाई क्षतिपुर्तिको प्याकेजको व्यवस्था, बैकबाट ऋण लिएर व्यवसाय गरेको व्यवसायीको ऋण मिनाहा र ब्याजमा सहुलियतको व्यवस्था, किसान, उद्योगी, विद्यार्थी र व्यापारीका लागि अल्पकालीन र दिर्घकाली राहत प्याकेज र हेलम्बु र मेलम्चीमा बेलिब्रिजको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

मेलम्ची नदीमा असार १ गते आएको बाढीले हेलम्बु गाउापालिका र मेलम्ची नगरपालिकामा ठूलो जनधनको क्षति भएको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!