बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाजमृगौलापीडित श्रेष्ठलाई उद्योग बाणिज्य र हिमालय सीमापारको सहयोग

मृगौलापीडित श्रेष्ठलाई उद्योग बाणिज्य र हिमालय सीमापारको सहयोग


काठमाण्डौं । दुई वटै मृगौला बिग्रेर उपचारारत बाह्रविसेका कुमार श्रेष्ठलाई नेपाल हिमालय सीमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले सहयोग गरेको छ । राजधानीस्थित बीर अस्पतालमा उपचार गराइरहेका श्रेष्ठलाई उपचारका लागि सहयोग गरिएको हो ।
श्रेष्ठकी पत्नी सुष्मालाई हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले अस्पतालमै गएर रकम हस्तान्तरण गरे । दुबै संस्थाका पदाधिकारीबाट संकलित एक लाख पचास हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।
‘जिल्लाबासी बिरामी भएको थाहा पाएपछि हामीले व्यक्तिगतरुपमा पैसा उठाएर मानवीय नाताले सहयोग गरेका हौं’ अध्यक्ष श्रेष्ठले भने –‘यो रकम धेरै त होइन तर हामी साथमा नै छौ भन्न खोजेका मात्र हौ ।’
विरामी श्रेष्ठकी श्रीमती सुष्मा श्रेष्ठले सहयोगीहरुलाई धन्यवाद दिदै सबैको सहयोगले श्रीमानलाई ठीक हुने विश्वास व्यक्त गरिन् । छिटोभन्दा छिटो लिभर ट्रान्सप्लान्ट नगरे समस्या हुन सक्ने अस्पतालले भनेको उनले बताइन् ।
सहयोग हस्तान्तरण गर्न हिमालय सीमापार बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामहरी कार्की, उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, उपाध्यक्ष अर्जुन कार्की र सचिव रामचन्द्र पराजुली अस्पताल पुगेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!