आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजबालविवाह राेक्न सराेकारवालाबीच छलफल

बालविवाह राेक्न सराेकारवालाबीच छलफल


चाैतारा । आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा स्थानीय तहसंग बालविवाह न्यूनीकरण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यमा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष र सञ्चारकमीहरु बिच छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख आमानसिं तामाङ नगरपालिका भित्रका बालबालिका बाल विवाहको सिकार बन्दै आएकाले नगरले यस बर्ष बाल विवाह न्युनिकारणका लागि सचेतना कार्याक्रम विद्यालय स्तरमा सञ्चालन गर्नु पर्ने बतााए ।

उनले ११ नं वडा भिमटारका माझी समुदायमा धेरै पहिला देखि चल्दै आएको बाल विवाहमा नगरको ध्यान गएको बताए ।

आर्थिक अभाबका कारण बाल विवाह भएको पाइएको छ यस समस्याको समाधानका लागि आर्थिक स्थिति कमजोर भएका बालबालिकाको पहिचान गरि त्यस्ता बालबालिकालाई विवाहबाट टाढा र शिक्षामा निरन्तरता दिन उत्थान केन्द्र विशेष भुमिका खेलको छ ” उनले भने ।

जिल्लामा बाल विबाह र महिला हकहित र आर्थिक रुपमा महिलालाई सक्क्षम बनाउन केन्द्रले बाख्रा पालान र गलैचा बुनाईमा विभिन्न कार्याक्रम गरि महिलाई आत्मानिर्भर बनाउदै ल्याएको केन्द्रका शान्ति तामाङले बताए । विभिन्न संघ सस्थाको समन्वय र स्थानीय तहले सहयोगमा नगरपालिका भित्रका धेरै महिलालाई आत्मानिर्भर बन्न टेवा पुग्ने उनले जानकारी दिए ।

आदिबासी जनजाति महिला उत्थान केन्द्रले विशेष गरि पछिल्लो दुई बर्षमा बाल विबाह रोक्न पनि सफल भएको केन्द्रकी पानमाया तामाङले बताए । तर केही रोकिएका विबाह फेरी भएका घटनाहरु पनि भएकाले नगरमा बाल विवाह नगरको लागि चुनौतिको विषय बन्दै गएको छ उनले भने ।

महिला उत्थानको प्रयास यसको न्यनिकरण र महिलालाई आर्थिक रुपमा सक्षम बनाउन केन्द्रको पहिलो प्राथामिकतामा रहेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!