Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजआफ्नो मेलम्ची आफै उठाउने पूर्व विद्यार्थीको प्रतिबद्ध

आफ्नो मेलम्ची आफै उठाउने पूर्व विद्यार्थीको प्रतिबद्ध


मेलम्ची । बाढीग्रस्त मेलम्ची संरक्षण र पुर्नस्थापनामा स्थानीय सरकार मौन भएको पूर्व बिध्यार्थीहरूले निष्कर्ष निकालेका छन । साथै उनीहरूले मेलम्ची संरक्षण र पुनर्स्थापनामा सहयोग समेत गर्ने भएका छन ।

बाढी गएको महिनौ भईसक्दा पनि स्थानीय सरकारको मौनता भएको र मौनताले सिमा नाँघेको उननीहरूले निचोड निकालेका छन ।

ईन्द्रेस्वरी उच्च मावि मेलम्चीको २०४९ सालको एसएलसी ब्याचले उक्त निचोड निकालेको हो । साथै ईन्द्रेस्वरी उच्च मावि मेलम्चीको २०४९ ब्याचले बाढीग्रस्त मेलम्चीलाई संरक्षण र पुनर्स्थापनामा अहोरात्र काम गरिरहेको सामुहिक प्रयासलाई सहयोग गर्ने प्रतिबद्वता समेत ब्यक्त गरेको छ ।

श्रावण ९ गते मेलम्ची गएर उनीहरूले सहयोग गर्ने योजना बनाएका छन् । मेलम्चीलाई पहिलेकै अवस्थामा फर्काउन कार्यक्रमलाई कसरी प्रभाबकारी बनाउने भन्ने सन्दर्भमा काठमाडौमा पूर्ब विद्यार्थीहरू बीच छलफल भएको छ ।

छोटो समयमै आकस्मिक रुपमा तय भयको भेटघाट र प्रतिनिधिमुलक उपस्थितिले गरेको निर्णय र सहयोगको प्रतिबद्धताले थप उर्जा प्राप्त भएको र एउटा सकारात्मक प्रयासको शुरू भएको पुर्व बिधार्थी सागर श्रेष्ठले बताए ।

मेलम्ची तहसनहस हुँदा मेलम्चीमा धेरै प्रभाव परेको पूर्व बिधार्थी सरस्वती गिरिले बताउनुभयो । बाढीले बचाएको घरहरू जोगाउनको लागि पटक पटक मेलम्ची नगरपालिका लाई आग्रह गर्दा पनि नगरले बेवास्ता गरेको स्थानीयले पनि गुनासो गर्दै आएका छन्। स्थानीय सरकारले बेवास्ता गरेपछि आफ्नो बस्ती आफै जोगाउन लागि परेको सागर श्रेष्ठले बताए ।

काठमाण्डौमा भएको उक्त छलफलले विभिन्न निर्णयहरू गरेको छ ।
१, बाढिले दर्दनाक क्षति बनाएको मेलम्चीको पुनर्निर्माणमा काम गरिरहेको समुदायको प्रयासलाई प्रसंसा गर्दै यहि श्रावण ९ गते शनिवार मेलम्चीमा उपस्थितिका लागि सम्पुर्ण ईन्द्रेश्वरी उच्च माबिका एसएलसी ब्याच २०४९ को सबै पुर्ब विद्यार्थीहरूलाई सबै माध्यम बाट सम्पर्क र अपिल गर्ने निर्णय समेत उक्त छलफलले गरेको छ ।

२, श्रावण ९ गते मेलम्ची पुनर्निर्माणमा सहयोगार्थ उपस्थित हुने भेलालाई उपयोग गर्दै सोही अबसरमा पुर्ब विद्यार्थीहरुको एउटा समिति निर्माण हुनेछ ।

३, मेलम्ची पुनर्निर्माणको सहयोगार्थ संकलन भएको सम्पुर्ण रकमको कम्तीमा १० प्रतिशत रकम सोही भेलाले गठन गर्ने समितिको पुर्ब विद्यार्थी सहयोग कोषमा जम्मा हुनेछ ।
काठमाण्डौमा भएको छलफलमा उपस्थित पुर्व बिधार्थीहरूले मेलम्ची पुननिर्माणको लागि रकम सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन ।

प्रतिबद्धता भएको रकम र नाम यस प्रकार छ ।
१ , यमनाथ चालिसे रु, ५०,०००
२ , राजकिशोर श्रेष्ठ रु ,५०,०००
३ , सागर कुमार श्रेष्ठ रु, ३०,०००
४ , बिदुर कंडेल रु, ३००००
५ , धरेन श्रेष्ठ रु, २५,०००
६ , नवराज गिरि रु, २०,०००
७ , भिम्सेन सापकोटा रु, २०,०००
८ , बिनिता श्रेष्ठ रु, २५,०००
९ , दमन कुमार श्रेष्ठ रु, २०,०००
१० , राजकुमार डंगोल रु ,२०,०००
११ , बिश्नु लाल श्रेष्ठ रु,१५,०००
१२ , रिकेश श्रेष्ठ रु, १५,०००
१३ , मन्जु भट्टराई रु, १०,,०००
१४ , भरत अधिकारी रु, १०,०००
१५ , अर्बिन्द्र श्रेष्ठ रु,१०,०००
१६ , प्रेम श्रेष्ठ रु, १०,०००
१७,मन्जु खड्का (इजरायल) रु, १०,०००
१८ , कुमार सापकोटा रु, १०,०००
१९ , सुरेश श्रेष्ठ रु, ५०००
२० , सावित्री खड्का रु , ५०००
२१ , गोपिनी गिरि रु, ५०००
२२ , सरस्वती गिरि रु ५०००
२३, अशोक केसि रु, ५०००
२४ , रेनुका श्रेष्ठ रु, ५०००


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!