Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजदुःखमा सारथी बन्दै कटुञ्जे युवा क्लब

दुःखमा सारथी बन्दै कटुञ्जे युवा क्लब


चाैतारा । गत असारको बाढीले अति प्रभावित मेलम्ची क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले कटुञ्जे युवा क्लबको स्वास्थ्य सस्थालाई सामाग्री हस्तारन्तरण गरेको छ ।

निर्बतामन स्वास्थ्य मन्त्री शेर बाहादुर तामाङको निर्दैशनमा क्लबले मेलम्ची नगरपालिका –११ कटुञ्जे शहरी स्वस्थ्य केन्द्रलाई २ थान अक्सिजन सिलिन्डर ,माक्स र सेनिटाइजार लगायतका स्वस्थ्य सामाग्री वडा अध्यक्ष रुद्र बाहादुर दुलाललाई हस्तान्तरण गरेको क्लबको अध्यक्ष शिशिर वाइबाले जानकारी दिए ।

गत महिनादेखि प्राकृतिक विपतमा पारेका बेला अस्पताल सम्म जान बाटोका कारण समस्या हुने भएकाले सहज स्वस्थ्य सेवा पाउनका लागि क्बलले गरेको सहयोगले केही राहत हुने उनले बताए ।

साथै क्लबले अति बाढी प्रभावित क्षेत्र हेलम्बुस्थित चिउरीखर्कका २४ घरपरिवारलाई भाडाकुडा वितरण गरेको छ । “बाढीले परिवार,आफन्त र घरबार विहिन भएका परिवारलाई दुखको अवस्थामा थोरै भएपनि मलाम पट्टी लगाउने उदेश्यले क्लबले सहयोगमा जुटेको हो“ क्लबका सचिवलय सदस्य रविन बाइबाले भने ।

क्लबका सदस्य निरल वाइबा,अमिर तामाङ र सुरेश वाइबाको पहलमा वैदेशिक रोजगारमा रहेका साथीभाईको सहयोगमा क्लबले सहयोगको काम गर्दै आएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!